आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

लालीगुराँस सांस्कृतिक परिवारद्वारा आयोजित दशै बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा

परदेशी खबर २० आश्विन २०७३, बिहीबार ०३:५६ मा प्रकाशित ( ७ साल अघि) २२० पाठक संख्या

14569183_1308667415832445_1173906768_nनैनकला राई / अक्टोबर ६,कुवेत l भोलि अक्टोबर ७ तारिक  शुक्रबारको दिन हुन गैरहेको लालीगुराँस सांस्कृतिक परिवारद्वारा आयोजित दशै बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष डिबी लोप्चनले दिएका छन् l
परदेशको भूमिमा पनि आफ्नो नेपाली कला,संस्कृति र रीतिरिवाजको अनुसरण र जगेर्ण गर्दै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर आगामी ७ अक्टोबर २०१६ का दिन कुवेतको खैतान स्थित राजधानी हलको म्याक्स बिल्डिंगमा “लालिगुरासँ दशै धमाका २०७३” भब्याताका साथ मनाउने भएको छ l

“कला र संस्कृति हाम्रो परम्परा ” भन्ने मुल नारा लिएर २०१० सालमा स्थापना भएको कुवेतको नेपाली समाजमा पुरानो र आफ्नो अलग पहिचान बनाएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले हरेक बर्ष जस्तै गरी यो बर्ष पनी दुर्गा पुजा एवं शुभकामना आदन प्रदानका साथ बिशेष तरिकाबाट संस्कृतिक प्रस्तुतिहरु हास्यव्यंग्य, गायन तथा नृत्यहरुका साथ मनाउने भएको छ l यस साँस्कृतिक कार्यक्रम बिशेष गरी परदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वदेशको झल्को मेटाउने प्रयास रहेको उक्त संस्थाका प्रथम उपाध्यक्ष माधव पौडेलले परदेशी खबरलाई जानकारी दिएका छन् |

कार्यक्रममा स्थानीय चर्चित एवं ख्याति प्राप्त लोक गायक,पप गायक र नृत्यमा पोख्त कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकको मन लोभ्याउने प्रयत्न लालीगुराँस सांस्कृतिक परिवारको रहेको साथै उक्त कार्यक्रममा दर्शकहरुलाई खानाको पनि ब्यबस्था गरिने भएको छ l

उक्त दिन उपस्थितिको लागि बुद्धिजिबी, समाजसेवी , कलाकार , खेलाडी , पत्रकार एवं कुवेतबासी सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक आवहान साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी कार्यक्रमको सोभा बढाई सफल पारिदिनु हुन आयोजकले आग्रह गरेको छ l

कार्यक्रमको विवरण

लालिगुरासँ दशै धमाका २०७३
स्थान -राजधानी हल खैतान म्याक्स बिल्डिगं
मिति – अक्टूबर ७ तारीख
समय ११ :३० बजे – ४:३० सम्म