आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

यूकेबाट खोटाङमा सात वटा एम्बूलेन्स सहयोग

परदेशी खबर २० कार्तिक २०७३, शनिबार १४:४२ मा प्रकाशित ( ७ साल अघि) २५५ पाठक संख्या

 

img_9255कात्तिक २० , खोटाङ।  खोटाङ सेवा समाज यूकेले खोटाङलाई सात वटा एम्बूलेन्स उपलव्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीमार्फत सञ्चालन हुनेगरी एम्बूलेन्स उपलव्ध गराउने भएको हो ।

एम्बूलेन्स समन्वय समितिका काठ्माण्डौं संयोजक जयकुमार राईले जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पुर्‍याउने उदेश्यले एम्बूलेन्स सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
समाजले सहयोग गरेका एम्बूलेन्स चिसापानी, डाँडागाउँ, बाक्सिलाका, सिमपानी, निर्मलीडाँडा, बुईपा र ऐसेलुखर्कमा रहने छन् ।
समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रासाउण्ड समेत उपलव्ध गराउने भएको छ । समाजले सहयोग गर्ने भएपछि जिल्लामा सर्वपक्षिय बैठक बसेर एम्बूलेन्स सञ्चालनकालागि सडक मर्मत गर्ने, अल्ट्रासाउण्डको नियमित अनुगमन गर्ने, जिल्लाको हरेक सार्वजनिक महत्वको बिषयमा सम्बन्धीत कार्यालयका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।
यस्तै, खोटाङ सेवा समाज दोहा कतारले समेत एम्बूलेन्स जुटाउन आर्थिक संकलन गरिरहेको छ । साभार:उज्यालो अनलाइनबाट