आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

सन् २०१६ मा विश्वभर ९३ जना पत्रकारको हत्या, इराक र अफगानिस्तान असुरक्षित

परदेशी खबर १६ पुष २०७३, शनिबार १४:२० मा प्रकाशित ( ७ साल अघि) २२२ पाठक संख्या

पुस १६ – सन् २०१६ मा विश्वभरी ९३ जना पत्रकार तथा सञ्चारकर्मीको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेले जनाएको छ ।
आइएफजेकाअनुसार आतंकवादी आक्रमण, विस्फोट लगायतका घटनामा धेरै पत्रकारले ज्यान गुमाए भने कोलम्बिया र रुसमा भएको हवाइ दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए ।
आइएफजेका अनुसार पत्रकारका लागि सबैभन्दा असुरक्षित देशमा इराक र अफगानिस्तान रहेका छन् । २०१६ मा इराकमा १५ र अफगानिस्तानमा १३ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ । त्यस्तै मेक्सिकोमा ११, यमनमा ८, ग्वाटेमालामा र सिरीयामा ६ तथा भारत र पाकिस्तानमा ५/५ जना मारिएका छन् । यद्यपि यो संख्या गएका वर्षहरु भन्दा कम भएको आइएफजेको भनाई छ ।साभारः उज्यालो अनलाइनबाट