आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

विदेशी भूमि कुवेतमा सामाजिक कार्यमा तल्लिन हुँदै सोम रसाइली

परदेशी खबर १८ पुष २०७३, सोमबार ११:४७ मा प्रकाशित ( ७ साल अघि) २१६ पाठक संख्या

कर्णबहादुर अधिकारी / जनवरी २ कुवेत l “जो आफुले गरे के सम्भब हुदैन र” भन्ने खाले ब्यक्तिहरू समाजमा प्रसस्तै भेटिन्छन, त्यसै मध्यका एक हुन सोम रसाइली। चितवनको शारदा नगरमा जन्मिएका सोम रसाइली नेपाल छदाँ देखि नै कलाकारीतामा होमिदै आफ्नो नाम राख्न सफल भएका सोम २०११ सालमा बिबिध कारणहरूले गर्दा कुवेत पलायन हुन बाध्य भए । कुवेतमा उनी ड्राईभर भिषामा आई श्रर्मिक भएर घर परिवारलाई जेन तेन खुशी पार्दै आई रहेको बताउछन । २०११ मा कुवेत आउने बित्तिकै राजेन्द्र बिरही र बि बि मल्ल ठकुरीलाई भेटाए जोकी कुवेतको लागि भन्नू पर्दा कलाकार बटुलेर आफ्नो संस्कृतिलाई झल्काउने एक अगुवाको रुपमा परिचित छन् ।लालीगुराँस सस्कृतिक परिवार नेपाल कुवेतको स्थापना लगतै कलाकारको मान सम्मानलाई मान्यता राख्दै हिडेका बिरही र बि बिले सोम रसाइलीलाई लालीगुराँस संस्कृतिक परिवार नेपाल कुवेतमा आबद्ध गराए पनि सोम रसाइलीको पनि कलाकारीतामा ठूलो योग्दान बटुल्दै आएको र आफ्नो प्रतिभा विदेशमा देखाउन पाउँदा उनी पनि बिरही र बि बि लाई धन्यवादका पात्र बनाउदै आफ्नो कलाले कुवेतमा कार्यरत नेपालीहरुको मन जित्न सफल भएका छन् l

सोम रसाइली आफ्नो कलाबाट छोटो समयमै लालीगुराँस सांस्कृतिक परिवार कुवेत र अन्तराष्ट्रिय कलाकार समाज कुवेतको उपाध्यक्ष समेत कार्यभार जिम्मेवारिता पुर्बक सम्हाल्न सक्क्षम् भए l कलाकारलाई अतिनै माया गर्ने सोम सामाजिक काममा पनि त्यसरी नै लगाब राखी अगाडी बढि रहेका छन । हरेक सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका सोम बिगत ४ महिना देखि “नेपालीको लागि नेपाली” भने झै उनले  स्याङ्जा जिल्लाका तुल बहादुर बि क लाई ठूलो मदत गर्दै आई रहेका छन । हालसालै घटेको दर्दनाक घटना जुन तुल बि क आफ्नो पुरानो केजीएल नामको कम्पनी छोडी ठुलो चुनौती पश्चात नयाँ कम्पनि एसिका कम्पनीमा काम गर्दै जादा २ महिना नबित्दै ठूलो दुर्घट्नामा परी आफ्नो बायाँ हात गुमाउन पुगेका बिकको दुर्घटना घटेको दिन देखिने रेख देख गर्दै बिगत ४ महिना देखि कुवेत स्थित जाहारा अस्पतालमा भेट गर्न जाने आउने आबश्यक लत्ता कपडा खान पिन देखि सबै कुरा सोम रसाइलीले गर्दै आएको उनी बताउछन। तुल बिकले आफ्नो बायाँ हात गुमाउदा उनले पाउने इन्सुरेन्सको लागि कुवेतमै बसेर केस लडनु पर्ने र उक्त कीसका लागि पनि सोमले कानुनी तवरले आफ्नो तर्फबाट सम्भव भएजति सबै बिकको लागी लड्ने जानकारी गराएका छनl सोम रसाइली आफ्नो कार्य व्यस्तताको बाबजुद पनि हात गुमाउन पुगेका बिकको दैनिक जरुरती क्रियाकलाप देखि लिएर नुहाइधुवाइ र खुवाइदिनु पनि समयमै पुग्ने गरेका छन् l

परदेशको ठाउमा यसरी सेवा गर्ने हामी नेपालीमा सोम रसाइली जस्ता मनकारी ब्यक्ति कमै पाईन्छ। विदेशको ठाउँमा अर्काको काम नगरी बस्नु पाइदैन तर पनि आफ्नो काम र सामाजिक कार्यमा तल्लिन भई रहेको देख्दा कुवेतमा कार्यरत रहेका अन्य नेपालीहरू पनि भित्री ह्रदय देखि नै उनलाई धन्यबाद दिई रहेका छन र आउदा दिनहरुमा उनको स्वच्छ भावना बढ्दै जाओस भन्ने कामना छ l