आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

अब मोबाइलबाटै राहदानी फाराम भर्न सकिने

परदेशी खबर २० पुष २०७३, बुधबार ०३:१० मा प्रकाशित ( ७ साल अघि) २५३ पाठक संख्या

२० पुस, काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्यदूतावासबाट निवेदन लिन थालिएको हो ।
विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको फाराम भरेर पठाएपछि सम्बन्धित निकायले आवेदन प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

राहदानी विभाग काठमाडौं, नेपाली दूतावास कतार, साउदी अरेबिया, मेलेसिया, अबुदाबी, बेलायत, कुवेत वासिंटन डिसी तथा महावाणिज्यदूतावास न्यूयोर्क र हङकङबाट राहदानीका लागि आवेदन फारम भर्न सकिनेछ ।साभारः अनलाइ खबरबाट