आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

कुवेतमा अलपत्र परेका ३ सय बढी नेपालिहरुको उद्दारका लागि आर्थिक संकलन समिती गठन

परदेशी खबर १० पुष २०७४, सोमबार ०५:०५ मा प्रकाशित ( ६ साल अघि) ३०७ पाठक संख्या

परदेशिखबर/ डिसेम्बर २५, कुवेत। बिगत केही महिनादेखी कुवेतको अत्याधिक ठूलो कन्स्ट्राक्टिङ कम्पनि नेशनल खराफीमा अलपत्र परेका तीन सय भन्दा बढी नेपालीहरुको उद्दारका लागि निक्कै लामो र धेरै पटकको छलफलपछी हिजो जिलिब स्थित हिमालयन नेपाली रेस्टुरेन्टमा यस अभियानका अभियान्ता संस्थाहरु नेपाल कुवेत सरोकार समाज र कल्याणकारी युवा समाजले गरेको संयुक्त पत्रकार सम्मेलनबाट आर्थिक राहत संकलन समिती गठन गर्दै सार्वजनिक गरेको छ। कुवेतबाट सन्चालित मिडियाहरु, म्यानपावर ब्यबासायिहरु र अन्य कुवेतका संस्थाहरुको उपस्थिति र सहमतिमा उक्त पत्रकार सम्मेलन भएको हो।

उद्दारका लागि आर्थिक र कानूनी पाटो सबैभन्दा जटिल भएको निष्कर्ष निकाल्दै अभियान्त संस्थाहरुले सबै संस्थाहरुबाट कम्तिमा १०० कुवेती दिनार र “एक नेपाली एक कुवेती दिनार” अभियान सुरु गर्ने जानकारी गराउँदै नेपाल कुवेत सरोकार समाजका अध्यक्ष समेत रहेका दिल स्याङ्बोको संयोजकत्वमा आर्थिक राहत संकलन समिती गठन गरेको छ। उप संयोजकमा लालिगुराँस सांस्कृतिक परिवारका अध्यक्ष माधव पौड्यल र सचिवमा नेपाल कुवेत सरोकार समाजका सचिव राज क्षेत्री र सदस्यमा निरज ठकुरी रहेका छन। त्यसगरि मिडिया सदस्यमा दिलकुमार पाख्रीन/परदेशी खबर डटकम, प्रेम जिमि/निरेम प्रोडक्सन र राजन श्रेष्ठ/ कोसेली न्युज रहेका छन।

समितिले, पिडितहरुलाइ क, ख र ग गरि तीन क्याटेगोरी बनाएको छ। क्याटेगोरी ‘क’ मा भिसा सकिन लागेको र पासपोर्ट साथमै भएकाहरु, क्याटेगोरी ‘ख’ मा भिसा सकेर थोरै दिन भएकाहरु र क्याटेगोरी ‘ग’ मा अन्या सबै राखेका छन। क्याटेगोरी ‘क’ मा साथमै टिकट भएका तर पासपोर्ट नभएका एक जना र पासपोर्ट साथमा भएका टिकट नभएका तीन जना परेका छन। उनिहरुको भिसा २७ डिसेम्बर सम्म रहेकोले भिसा भएकै अवधिमा दुई दिनभित्र नेपाल पठाउने निर्णाय गरेका छन। क्याटेगोरी ‘ख’ लाई यहि हप्ताको अन्त्य सम्म आर्थिक संकलन गरि कुवेतको कानून बमोजिम over stay जरिवाना तिरेर देश फिर्ती गराउनेछन। र ‘ग’ क्याटेगोरिलाइ खाना बस्नको सुविधा मिलाउँदै फिङ्गर (deport) गराइ देश फिर्ती गराउने निर्णाय गरेका छन। कुवेतको नयाँ कानून अनुसार आगामी जनवरी देखि over stay fee वृद्धि गरि प्रतिदिन प्रतिब्यक्ती ५ कुवेती दिनार पुर्‍याउने भएकोले डिसेम्बर भित्रै पठाउन सक्दो पहल गर्नुपर्ने भएकोले सबै संघ संस्थाहरु र नेपालिहरुलाइ यहि हप्ताको अन्त्यभित्र आर्थिक जिम्मेवारी पूरा गर्न समितिका संयोजक दिल स्याङ्बोले अनुरोध गरेका छन।

पिडितहरु SOS, GULF, WOSTAN र LOTAS म्यानपावरबाट आएको खुलेको छ। SOS बाट आएका र अलपत्र परेका २१ जनालाइ SOS ले २५ सय कुवेती दिनार पठाएर उद्दार गरेर नेपाल पठाइसकेको पनि समितिका संयोजक स्याङ्बोले जानकारी गराएका छन।

सहयोगका लागि सम्पर्क नम्बरहरु:

संयोजक: दिल स्याङ्बो – 60931634
उप संयोजक: माधव पौड्यल – 55020779
सचिव: राज क्षेत्री- 65123628
सदस्य: निरज ठकुरी- 60447295
मिडिया सदस्य: दिलकुमार पाख्रीन- 50449629
मिडिया सदस्य: प्रेम जिमि -67601970
मिडिया सदस्य: राजन श्रेष्ठ – 94740556