आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

चक्र कुलुङ राईको संयोजकत्वमा प्रेम कुलुङ राई बचाउ अभियान समिति गठन

परदेशी खबर २९ पुष २०७४, शनिबार ०३:२४ मा प्रकाशित ( ६ साल अघि) ५४२ पाठक संख्या

कुवेत,१३ जनवरी। कुवेतमा प्रेम कुलुङ राई बचाउ अभियान सन्चालन भएको छ । चक्र कुलुङ राईको संयोजकत्वमा फर्वानिया पार्कमा हिजो ९ सदस्यिय प्रेम बचाउ अभियान समिति गठन गरी अभियान सन्चालनको सुरुवात गरिएको हो ।

प्रेम बचाउ अभियान मूल समिति काठमाण्डौंले साउदी अरबमा एउटै आरोपमा दोहोरो सजाय अनावश्यक रुपमा भोगी रहेका माई नगरपालिका ५, दानाबारी ईलामका आर्थिक रुपमा बिपन्न परिवारका नेपाली नागरिक प्रेमबहादुर राईलाई रिहाई गराउन विश्वव्यापी सहयोग संकलन अभियान सन्चालन गरेपछी प्रवासबाट पनि आर्थिक सहयोग संकलन गरी सहयोग पुर्याउने उद्देश्यले कुवेतमा पनि प्रेम बचाउ अभियान संचालन गरिएको संयोजक चक्र कुलुङले जानकारी गराएका छन् ।

प्रेमबहादुर कुलुङलाई साउदी रियाल ३ लाख १० हजार (करिब ९५ लाख रुपैयाँ) बराबरको बिहे नतिरेसम्म अनन्नकाल सम्म जेलमै बस्नु पर्ने साउदी अरबको सार्वजनिक अदालतले फैसला गरेपछी सरकारी निकायहरुसँग बिगत १ वर्षदेखी नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघमा आवद्द सदस्यहरुबाट प्रेमको रिहाईड्रेशन लागी साउदी अरब स्थित नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग, राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार प्रवर्दन बोर्ड, श्रम तथा रोजगार मन्त्रालय, गैर आवासिय नेपाली संघ (एनआरएनए) साउदी अरब, प्रवासी नेपाली समन्वय समिति साउदी अरब र ईलाम जिल्लाबाट निर्वाचित गर्दै आईरहेको भएता पनि सरकारी तवरबाट ठोस कार्यहरु हुन नसकेपछी गत कार्तिक २७ गते काठमाण्डौं स्थित कुलुङ संघको कार्यालयमा बसेको बैठकले चन्द्रसिंह कुलुङको २१ सदस्यिय मूल समिति गठन गरेर रकम संकलन गरी प्रेमको रिहाईको अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

प्रेम बचाउ समिति कुवेत शाखाका संयोजक चक्र कुलुङ राईले सहयोग संकलन सुरु भई सकेको साथै सहयोग आउन सुरु भईसकेको र कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु, गैर आवासिय नेपाली संघ (एनआरएनए), कुवेतमा कृयाशिल संघ संस्थाहरु, लगायत समाजसेवी, बुद्दिजिवी, पत्रकार, खेलाडी, कलाकारहरु सम्पूर्णमा प्रेम बाचाउ अभियानमा आफ्नो गक्ष्य अनुसार सहयोग गरीदिनु भई निर्दोष र परिवारको एक मात्र साहारा प्रेम कुलुङ राईलाई सकुशल नेपाल फर्काउन सहयोग गरीदिन हुन बिनम्र अनुरोध समेत गरेका छन् ।

प्रेम राई बचाउ अभियानका समिति निम्न प्रकार रहेको छ :

संयोजक/ कोषाध्यक्ष : चक्र कुलुङ राई (६६२४३६७२)
सदस्य सचिव : ललित कुलुङ राई (६५०१५११३)
सदस्यहरु : बद्दिमान राई (६६५२०९१४)
 किशोर खाती ६६४३२६२२)
डम्बर राई (६०३९२८४७)
 खड्ग परियार (६५९८३६३७)
 प्रकाश लिम्बू
सबिन बिश्वकर्मा
 गोपाल गदाईली