आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

आगामी फेब्रुवरी १६मा हुने कोसेली समुहको दशौं वार्षिक उत्सवको तयारी पुरा

परदेशी खबर २४ माघ २०७४, बुधबार ०९:०८ मा प्रकाशित ( ६ साल अघि) १९४ पाठक संख्या

चन्द्र बिश्वकर्मा फेब्रुवरी ७, कुवेत l मरूभुमि हालचाल तथा मरुभुमिको कोसेली छापा पत्रिकाको सन्चालन/प्रकाशन गरीरहेको कोसेली समुह कुवेतको दशौं वार्षिक उत्सवको तयारी पुरा भएको छ। आगामी फेब्रुवरी १६,शुक्रबार-२०१८का दिन कुवेतको फर्वानिया स्थित अल हाइतम रेस्टुरेन्टमा बेलुकी ६ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कुवेतबाटै प्रकाशित हुने एक मात्र छापा पत्रिका मरुभूमिको कोसेलीको २९ औं संस्करण विमोचन हुनेछ।

कुवेतमा  स्थापना कालदेखिनै विभिन्न फरक किसिमका रचनात्मक कार्यहरु गरीरहेको कोसेली समुहका प्रबन्धक सुजन केसीका अनुसार  दशौं वार्षिक उत्सवको  उपलक्ष्यमा कोसेली समुहले कुवेतको नेपाली समाजमा २०१७ भरि भएका विभिन्न गतिविधिहरू, बिभिन्न जानकारी मुलक सामाग्रीहरु, साहित्यिक रचनाहरु तथा निर्बाचन बिषेश सामाग्रीहरू समेटेंको मरुभुमीको कोसेली पत्रीकाको  २९ औं बिशेष अंक प्रकाशन गरि निःशुल्क वितरण गरिने छ ।

प्रवासमा रहेर पनि कुवेतको नेपाली समाजमा हुने गरेका गतिविधिहरुका साथमा नेपाल अनी विश्वभर घटने  गरेका महत्वपूर्ण घटना-परिघटना, समाचार,  सुचना, मनोरन्जन र जानकारीहरुलाई आम जनसमुदाय समक्ष पुर्याउन मिडिया हाउस लागिरहेको छ। अबका आउदा दिनहरूमा पनि सबैलाइ संचार क्षेत्रमा सु-सूचित गर्न, समयमै सही सुचना दिन तथा कुवेतमा रहेका सम्पुर्ण नेपालीहरुको सुख, दु:खमा साथ दिदै आवाज बिहिनहरुको आवाजबन्न कुनै कसर बाकि नराख्ने तीतोपाटीका प्रधान सम्पादक तथा पत्रकार महासँघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने बताउछन्।

यसै बिच बिभिन्न माध्यमबाट कुवेतमा कृयाशील संघ-संस्थाहरु, त्यसका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाइ पत्राचार गरिएको कोसेली समुहको अध्यक्ष मनु भुजेलले बताएका छ। भुजेलले थपे”कसैले निमन्त्रणा पाउनु भएको छैन भने यसै समाचारलाई आधार मानी निम्न मिति, स्थान र समयमा वार्षिकोत्सव कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।”

 

कार्यक्रम हुने मिति, स्थान र समय

मिति :- १६, फेब्रुअरी २०१८

स्थान :-  अल हाइतम रेष्टुरेन्ट, फर्वानिया (अल्गानियम इलेक्ट्रोनिक्सको अगाडि)

समय :- बेलुकी ६ बजे