आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

नेपाली जन एकता सेवा समाज कुवेतले तेश्रो वार्षिक उत्सव मनाउने

परदेशी खबर १ जेष्ठ २०७५, मंगलवार ०४:३३ मा प्रकाशित ( ६ साल अघि) ४६९ पाठक संख्या

परदेशी खबर / मे १५ , कुवेत l नेपाली जन एकता सेवा समाज कुवेतले तेश्रो वार्षिक उत्सव साँस्कृतिक कार्यक्रम तथा नेपाली पन्चे बाजाका साथ इस्लाम धर्मावलम्बीहरुको माहान चाडको दिन भब्य रुपमा मनाउने भएको  छ ।

“एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ ३ बर्ष पहिले स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेतले आफ्नो तेस्रो वार्षिक उत्सव मनाउन लागेको सँस्थाका महासचिब डि .बि भुसालले डिसी नेपाल गल्फ लाई बताए ।

 

आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थित भै सफल पारिदिनु हुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन  सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

 

 

कार्यक्रमको विवरण 

कार्यक्रम हुने दिन : ईदको दिन
स्थान: यूनिक आडिटोरियम हल फर्वानिया (अलहैतम रेष्टुरेन्टको पछाडी )
समय: बिहान ठिक १० बजे
सम्पर्क नं: ५५०११९७०३ /९७२२४९०८