आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

नेफिन युएईको समिक्षा बैठक सम्पन्न

परदेशी खबर ८ भाद्र २०७६, आईतवार १८:१२ मा प्रकाशित ( ५ साल अघि) २७३ पाठक संख्या

परदेशी खबर/ अगष्ट २५, युएई। आदिवासी जनजाती महासंघ शाखा (नेफिन) युएई तथा आबद्ध जातीय संघसंस्थाहरुको आयोजनामा गत २०१९ अगस्ट ०९ तारिख आयोजना गरिएको २५ औं विश्व आदिवासी दिवस २०१९ कार्यक्रमको समिक्षा बैठक २०१९ अगष्ट  १६ तारीख शुक्रबारका कञ्चनजङ्गा रेष्टुरेण्ट बर दुबई युएईमा सम्पन्न भएको छ।

उक्त समिक्षा बैठक २५औं विश्व आदिवासी दिवस २०१९ कार्यक्रमका संयोजक एवं नेफिन युएईका वरिष्ठ उपाध्यक्ष सुश्री विजया लक्ष्मी राईको सभापतित्वमा बसेको बैठकमा आर्थिक व्यवस्थापन संयोजक एवं निवर्तमान नेफिन युएईका तथा तामाङ समाज युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, आर्थिक व्यवस्थापन समितिका सदस्य एवं निवर्तमान नेफिन युएईका कोषाध्यक्ष तथा सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार, नेफिन युएईका संस्थापक सदस्य तथा तामाङ समाज युएईका अध्यक्ष एवं नेफिन युएईका वर्तमान अध्यक्ष महेश मोक्तान, नेफिन युएईका उपाध्यक्ष डि.बि. समर्पण मगर, नेफिन युएई तथा नेवा: पुच: युएईका महासचिव कुमार बलामी, नेफिन युएईका प्रबक्ता, नेपाल मगर संघका सदस्य तथा फोनिज युएईका महासचिव फलेन्द्र बलाम्पाकी मगर, नेफिन युएईका कोषाध्यक्ष वाशुदेव चौधरी, नेफिन युएईका सह-कोषाध्यक्ष ज्ञान बहादुर तामाङ्ग, नेफिन युएईका सदस्य धर्मराज महतो, नेफिन युएईका सदस्य तथा तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिका उपाध्यक्ष प्रवीण गुरुङ, नेफिन युएईका सदस्य डम्बर लिम्वाङ्ग, नेफिन युएईका सदस्य खडक बहादुर भुजेल, नेफिन युएईका सदस्य मनु गाहा मगर, नेफिन युएईका सदस्य कमल लावती, नेफिन युएईका सदस्य पुर्ण बहादुर सुनुवार, नेफिन युएईका संस्थापक सदस्य एवं निर्वाचन समितिका सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ, तमु समाज युएईका अध्यक्ष उषा गुरुङ, किराँत राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ राई, नेवा: पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ, थारु कल्याणकारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरी, प्रवासी भुजेल समाज सेवा समिति युएईका अध्यक्ष सुर्य बहादुर भुजेल तथा प्रतिनिधीहरु, किराँत राई यायोक्खा शाखा युएईका महासचिव डि के किराँती, सुनुवार सेवा समाज युएईका टंक बहादुर सुनुवार, नेपाल मगर संघ युएईका लक्ष्मी थापा मगर, गम राज राई, खगेन्द्र राजधार्मी, फोनिज युएईका का.बा.अध्यक्ष एवं नेवा: पुच: युएईका उपाध्यक्ष राजेश प्रधान तथा जनजाती कलाकार महासंघ युएईका पदाधिकारीहरुको उपस्थित रहेको थियो।

बैठक नेफिन युएईका महासचिव कुमार बलामीले संचालन गर्नु भएको थियो ।
उक्त समिक्षा बैठकले कार्यक्रममा भए गरेका त्रुटी र गल्तीहरुबाट पाठ सिकेर आगामी दिनहरुमा सच्याएर सजग भएर एकआपसमा मिलेर कामहरु गर्दै जाने प्रतिवद्धता जाहेर गर्दै आगामी सेप्टेम्बर महिनाको पहिलो शुक्रबार ०६ तारिख नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने निर्णय समेत गरेको छ भने पहिलो बैठकमा निवर्तमान कार्यसमितीले सम्पुर्ण हरहिसाब, नगद, जिन्सी र खातापाता सबै वर्तमान कार्यसमितिलाई हस्तान्तरण गर्ने गराउने निर्णय सर्वसम्मतले पारित गरेको छ।
२५औं विश्व आदिवासी दिवस युएईमा भव्य रुपमा सफलता पुर्वक सम्पन्न गर्न दिनु भएको अतुलनीय योगदानको लागी उच्च क़दर गर्दै कार्यक्रमका प्रमुख संयोजक लगायत आर्थिक व्यवस्थापन, यातायात, स्वयमसेवक, अतिथि सत्कार, सांस्कृतिक कार्यक्रम संयोजकहरु लगायत सहभागी सम्पुर्ण कलाकार , पत्रकार अतिथिगण र प्रमुख अतिथिको रुपमा उपस्थिती जनाउनु हुने नेपाली दुतावास संयुक्त ईमिरेट्सका महामहिम राजदुत, लगायत उपस्थित सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु तथा उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हातहरुमा हार्दिक नमन ब्यक्त गर्दै आगामी आउने दिनहरुमा पनि यो भन्दा पृथक तवरले साथ र सहयोग प्राप्त भई रहने अपेक्षा समेत गरेको छ।