आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

विदेश जानेलाई वैंक खाता अनिवार्य, अन्यथा श्रम स्वीकृति नपाइने

परदेशी खबर १६ भाद्र २०७६, सोमबार ०८:३६ मा प्रकाशित ( ५ साल अघि) ३८४ पाठक संख्या

काठमाडौं, भदौ १६। तपाई वैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? आफ्नै नाममा वा नजिकको आफन्तको नाममा वैंक खाता छ की छैन ? यदि छैन भनें तपाईले आजदेखि अन्तिम श्रम स्वीकृति पाउनु हुनेछैन । वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति लिन वैंक खातालाई सोमवार देखि अनिवार्य बनाएको छ ।

विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार सरकारले हुण्डीलाई रोक्दै वैंकिङ च्यानल मार्फत रकम भित्रिने व्यवस्थाका लागि वैंक खाता अनिवार्य गरेको हो । यसैगरी यसले रकमको विषयमा परिवारमा हुनसक्ने विवाद पनि न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।

निर्देशक गुरागाईले वैदेशिक रोजगारमा जाने व्यक्तिले अन्तिम श्रम स्वीकृति लिन वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयंको वा निजले ईच्छ्याएको व्यक्तिको बैंक खाताको विवरण अनिवार्य रुपमा आजदेखि अपलोड गर्नुपर्नेछ । रकम स्वदेश पठाउने विषयलाई व्यवस्थीत गर्न भन्दै सरकारले यसअघि वैदेशिक रोजगार नियमावली २०६४ मा केहि संशोधन यसअघि नै गरिसकेको थियो । सोही अनुरुप विभागले वैंक खातालाई अनिवार्य गरेको हो ।

यसका लागि अव देखि रोजगारीमा जाने व्यक्तिले आफ्नो खाता रहेको वैंकको नाम, खाता नम्वर, नाम, अन्य व्यक्तिको नाममा खाता भए नाता खुलाएर विवरण वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली(फेमिस) मा अपलोड गर्नुपर्नेछ ।साभार : देशप्रदेश डटकमबाट