आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो

परदेशी खबर ३१ भाद्र २०७६, मंगलवार १७:३९ मा प्रकाशित ( ५ साल अघि) ३२९ पाठक संख्या


परदेशी खबर / सेप्टेम्बर १७ , कुवेत l थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा जिल्ला धनकुटा मौना बुधुक गाउँ पालिका वार्ड नं ७ निबासी वर्ष ६५ को अल्सर पिडित भक्त बहादुर लिम्बुलाई ६९ हजार ३ सय ५६ रुपैयाँ आर्थिक सहयोग गरेको छ l

बिरामी लिम्बु लामो समय देखि आन्द्राको भिविन्न ठाँमा अल्सर भइ उपचारर्थ रहनु भएका विरामीको हाल वी पी कोइराला विज्ञान प्रतिष्ठान धरानमा दुइ चोटी अप्रेशन गरी आर्थिक अभावका कारण धरानमा रहनु भएका विरामीलाई आर्थिक सहयोग संकलित रकम चेम्जोङ समाजका सचिव सुरेन्द्र चेम्जोङ र सदस्य विध्या चेम्जोङको हातबाट हस्तान्तरण गरेको थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतका अध्यक्ष दुर्गा चेम्जोङले जानकारी दिएका छन् l

सो सहयोग रकम थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले संघका पदाधिकारी एवं सदस्यहरू लगायत कुवेतमा रहनु हुनुने समाज सेवी सहयोगी मनहरूबाट संकलन गरि पठाएको थियो ।


आफ्नो जातीय हक, हित तथा संस्कार, परम्परा, भाषा, लिपि संरक्षण हेतु सन २०१६ मा कुवेतमा गठन भइ कृयाशिल रहँदै आएको थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले यस अघि पनि बिभिन्न किसिमले पीडित भएका नेपालीहरूलाई सहयोग गर्दै कर्मभूमि कुवेतमा सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।