आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

फोर नेसन्स कपका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

परदेशी खबर १३ असार २०८१, बुधबार १५:०८ मा प्रकाशित ( २ महिना अघि) १६३ पाठक संख्या

काठमाडौं । फोर नेसन्स कप महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।बुधबार राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २२ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

आयोजक लेबनान फुटबल संघले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको खेल त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते हुनेछ ।

नेपाल र जोर्डनको यो दोस्रो भिड्न्त हुनेछ । निर्धारित समयमा खेल २–२ गोलको बराबरी सकिएपछि खेलको नतिजा निर्धारण गर्न पेनाल्टी शुटआउट रोजिएको थियो । गत फागुनमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बंगलादेशसँग असार २९ गते खेल्ने छ । सुरुका दुई खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे हुने छ ।

यस्तै, समूह चरणको अन्तिम खेल साउन १ गते घरेलु टोली लेबनानसँग साँझ ७ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोली:

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर,

डिफेन्डरः विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे, अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल,

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, प्रीति राई, अमिषा कार्की, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी,

फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल,