आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

फ्रान्समा पहिलो नेपाली म्युजिक भिडियोको छायांकन सम्पन्न

परदेशी खबर १८ असार २०८१, सोमबार १३:५९ मा प्रकाशित ( २ महिना अघि) ५०३ पाठक संख्या

पेरिस । युरोपियन मुलुक फ्रान्समा गत शुक्रवार र आइतवार का दिन एक नेपाली म्युजिक भिडियो को छायाङ्कन सम्पन्न भएको छ ।

प्रेम कथामा आधारित उक्त आधुनिक गीतमा नव कलाकार सेतु भाई र सहिर तामाङको अभिनय रहेको छ भने लामा भाईले निर्देशन र छायाङ्कन गरेको छ ।

“तिम्रो रुपैले” बोलको यस गीतको शब्द, संगीत र एरेन्जर गायक सङ्ग्य तामाङको रहेको छ भने स्वर पनि स्वयम तामाङ कै रहेको छ । दिपेश प्रधानले मिक्सिङ गरेको भिडियो फ्रन्सको राजधानी पेरिस भित्र रहेका प्रख्यत ठाउँ हरु इफेल टवार, ओपेर, एन्भर्स र लाकुर्नोभ लगयात विभिन्न ठाउँ हरुमा छायाङ्कन गरेको यस म्युजिक भिडियोमा मेकअप आर्टिस्ट आम्बिका श्रेष्ठ र प्रबिधिक बिभागमा प्रतिप गुरुङ रहेका छन ।

सुमधुर स्वर भएका गायाक तामाङले यस अघि पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन । भरखरै छायाङ्कन सम्पन्न भएको यस गीतका निर्देशक अनि छायाङ्कर लामा भाई धेरै पुरानो एक कुशल निर्देशक, सम्पादक, छायांकर पत्रकार पनि हुन २०१६ देखि २०१९ सम्म म्युजिक कम्पनि पाटोम्हेन्दो प्रोडक्सन प्रालि का प्रबन्धक निर्देशक समेत रहेका लामा भाईले ५०० भन्द धेरै तामाङ तथा नेपाली बिभिन्न खले म्युजिक भिडियोहरु मा काम गरिसकेका छन तामाङ फ्लिम तथा १ दर्शन भन्द धेरै बिभिन्न खालका म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेका लामा भाई केहि बर्ष देखि फ्रन्स आर्मि ( french foreign legion) मा रहेको छ भने हामि सङ्ग कुरा गर्दै उनि थप्छन बिस्तरै युरोपियन मुलुकबाट पुरानै कामलाई निरन्तरता दिने छु ।