आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

झापाली समाज कुवेत ले फेब्रुअरी २८ मा तेश्रो सांगितिक धमाका कार्यक्रम गर्ने

परदेशी खबर ७ श्रावण २०८१, सोमबार १५:०२ मा प्रकाशित ( २ महिना अघि) १७७ पाठक संख्या

कुवेत । कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आगामी २८ फेब्रुअरी २०२५ शुक्रवारको दिन हाला फेब्रुअरीको अबसरमा एम्बुलेन्स खरिदका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु को साथमा बिशेष तेश्रो सांगितिक धमाका गर्ने भएको छ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतको १९ जुलाई २०२४ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेण्टमा समाजका अध्यक्ष राजु धिमालको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन एम्बुलेन्स खरिदका लागि बिशेष तेश्रो सांगितिक धमाका गर्ने भनी निर्णय गरेको हो, भन्दै समाजको अध्यक्ष राजु धिमालले जानकारी दिएका छन ।

२०१३ मा स्थापित झापाली समाज कुवेतले पहिलो,दोश्रो,सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ। उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार ,कलाकार ,खेलाडी सबैको साथ सहयोग र सल्लाह,सुझावको अपेक्षा गर्दै उक्त दिन कुवेतमा कसैले पनि अन्य कार्यक्रमको आयोजना नगरीदिन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण:

मितिः- फेब्रुअरी २८ तारिक २०२५ शुक्रबार

स्थानः- हलको खोजीमा तय नभएको

समयः- बिहान ११ बजेदेखी

आयोजक :- झापाली समाज कुवैत