आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

कुवेतबाट नेपाली दूतावासले गर्‍यो ७५९ जना घरेलु कामदारको उद्दार

परदेशी खबर १ भाद्र २०८१, शनिबार १०:३४ मा प्रकाशित ( १ महिना अघि) १२८ पाठक संख्या

कुवेत । कुवेतस्थित नेपाली राजदूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना बाहिर बसेका अन्य ३९० जना घरेलु कामदारको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ ।

यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । दूतावास र बाहिर बसेका घरेलु कामदारलाइ दूतावासको समन्वय र सहजीकरणमा कानुनी प्रकृया पुरा नेपाल पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले बताउनु भयो ।

राजदूत लम्सालका अनुसार यस अवधिमा ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरण बाहेक) प्रमाणित गरिएको, १३ हजार ४ सय ७८ राहदानी नविकरण गरि जारी गरिएको, ३ हजार ७ सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका ३ हजार २ सय सहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपुर्ति रकम १ लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको, ३७ करोड रूपैयाँ राजष्व संकलन भएको छ ।

अहिले पनि ५१ जना नेपाली विभिन्न केशमा अदालतको निणर्य बमोजिम कुवेतका जेलमा सजायँ भोगिरहेका छन् । जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, ४ जना मादक पदार्थको किनवेचमा, २ जना हत्या अपराधमा सजायँ पाएकाहरू लगायत छन् ।

यस अवधिमा कुवेत र इराकमा गरि ६३ जना नेपालीको ज्यान गएको छ जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाइ अस्पतालबाट उद्दार गरि नेपाल पठाइएको र ४ जना अझै पनि अस्पतालका सैय्यामा रहेको जानकारी दिइएको छ ।

नेपाली राजदूतावास कुवेतले आयोजना गरेको राजनीतिक दलका भातृ संगठन, एनआरएनए कुवेत र नेपाल पत्रकार महासंघ सँगको सामुहिक छलफलपछि बोल्दै राजदूत लम्सालले सो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।