आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव” गर्ने

परदेशी खबर १० भाद्र २०८१, सोमबार १३:०१ मा प्रकाशित ( ३ हफ्ता अघि) १२३ पाठक संख्या

कुवेत । कुवेत निरेम प्रोडक्सनले सन् २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवसको दिन ‘निरेम सांगितिक उत्सव २०२५’ आयोजना गर्ने भएको छ ।

मुख्यत : युवा तन्नेरीहरूले फेब्रुवरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसमा यसपाली निरेमले ‘टिनएज’ नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव गर्न लागको हो । फेब्रुवरी १४ तारिक हुने उक्त उत्सवमा नेपाली सांगितिक समूहकको प्रस्तुति रहने छ भने साथमा बिभिन्न प्रेमिल सांगित र साहित्यिक प्रस्तुति हुने आयोजक निरेमले बताएको छ । यधपी नपालको कुन सांगितिक समूह वा गायक/गायिकाको प्रस्तुति रहनेछ भन्ने चाँहि अहिले टुङ्गिएको छैन ।

नेपाली श्रमगन्तव्य मध्यको प्रमुख मानिने कुवेतमा युवा श्रमिकको संख्या पनि उल्लेख्य भएका कारण आउँदो भ्यालेण्टाईन डे को दिन यो प्रणय सम्बन्धित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक निरेमको दावि छ । बहुसंख्यक मुस्लिम समुदायको बाहुल्य रहेको कुवेतमा नेपाली श्रमीकहरुलाई कामको अलावा मनोरञ्जन गर्ने साधन र स्थानको सिमितता रहेको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि ‘फ्रेस’ बनाउँने आयोजकको भनाई छ ।

बिशेषगरी रोम समुदाय र संस्कृतिबाट सुरु भएको भ्यालेण्टाईन डे बिस्तारै मध्यपूर्व र एसिया हुँदै नेपाल र नेपाली समुदायकाबिच पनि लोकप्रिय हुँदै जानथालेको छ । सेन्ट भ्यालेण्टाईनको प्रेम प्रसङ्गको सम्झनामा मनाउँन सुरु भएको भ्यालेण्टाईन डे युवा युवतीले बिशेष प्रेम पर्वको रुपमा मनाउँने गर्दछन् ।

फकिर