आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

जनकपुरमा उद्योग वाणिज्य संघ निर्वाचन हुँदै, अध्यक्षमा तीनजनाको उम्मेदवारी दर्ता

परदेशी खबर २८ भाद्र २०८१, शुक्रबार २०:३८ मा प्रकाशित ( १ हफ्ता अघि) ५६ पाठक संख्या

ङिमा शेर्पा, जनकपुर । धनुषाको जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
यहि मिति २०८१ भदौँ २९ गते बिहान ८ बजे देखि जनकपुरधामको उद्योग वाणिज्य संघको हलमा हुँदै छ ।

अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य पदका लागि आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गरिसकेको निर्वाचन समितिका संयोजक ललित साहले जनाए । जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता छन् ।