आज: ६ आश्विन २०८१, आईतवार | Sun, 22, Sep, 2024
FLASH NEWS

नेपालमा कुवेतको दूतावास छिटै खुल्दै

परदेशी खबर ६ आश्विन २०८१, आईतवार ११:२६ मा प्रकाशित ( ३ घण्टा अघि) ४५ पाठक संख्या

कुवेत । नेपालका कुवेत राजदूतावास छिट्टै खोलिने जानकारी कुवेतका एसियाली मामिलाका लागि सहायक परराष्ट्रमन्त्री राजदूत समिह हयातले बताएको छन् ।

कुवेत र नेपाल बीचको बढ्दो सम्बन्धलाई ध्यानमा राख्दै नेपालको राजधानी काठमाडौमा छिट्टै दूतावास खोलिने जानकारी नेपालको राष्ट्रिय दिवस मनाउने क्रममा स्थानीय मिडिया सँगको कुराकानीमा बताएका हुन।

कुवेतका एसियाली मामिलाका लागि सहायक परराष्ट्रमन्त्री राजदूत समिह हयातले कुवेत र नेपालबीचको द्रुत गतिमा बढिरहेको सम्बन्धलाई प्रकाश पार्दै आगामी दिनमा काठमाडौंमा कुवेती दूतावास खोल्ने घोषणा गरे। नेपालको संविधान जारी भएको १०औँ वर्षगाँठको अवसरमा आयोजित राष्ट्रिय दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।